NRNA खबर देश

यादव परिवारमा बज्रपातः बाबु ५ बर्षदेखि साउदीमा बन्धक, छोराको रुसमा हत्या

५ वर्ष अघि वैदेशिक रोजगारिमा गएका कपिलवस्तुका धु्रवकुमार यादव उतै बन्धक बनेर नेपाल फर्कन नसकिरहेकैबेला केहीदिन अघि मात्र रुसमा छोरा राजकुमारको हत्या भएपछि अहिले सो गाउँनै शोक मग्न बनेको छ । बैदेशिक रोजगारिमा गएका यादवलाई रोजगारदाताले ५ वर्ष अघिदेख बन्धन बनाएर नेपाल फर्कन नदिएको र छोरो समेत हत्या भएपछी उनको परिवार यतिवेला विचल्लीमा परेको छ । आफु पनि बन्धक बनेको छोराको रुसमा हत्या भएपनि यादवलाई अहिले ठुलै बज्रपात परेको छ ।

उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले बन्धक बनाएर राखेका कारण घर आउन नपाएपछी छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन् । सो खबर पाएर उनले आफुलाई जसरी पनि उद्धार गरि नेपाल फर्काइदिन आग्रह गरेका छन् । कपिलवस्तु नगरपालिका–३ का धुब्रकुमार यादवका २६ बर्षीय छोरा राजकुमारको रुसको राजधानी मस्को सहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा गत मंगलबार बिहान करिव साढे दुई बजे तीन जनाको संख्यामा रहेको लुटेराको समूहले हत्या गरेको हो। यादवलाई मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा लुटेराहरूले हातपात गरी मरणासन्न हुनेगरी छोडेका थिए। लुटेराको समुहले उनलाई छडले प्रहार गरेपछी अत्याधिक रक्तश्राव भएर मृत्यु भएकोे मृतकका भाई श्यामकुमारले जानकारी दिए ।

मंगलबार घटना भए पनि आफूहरुलाई बुधवार मात्र रुसका बस्दै आएका दाजुका साथी पोखराका अभिषकले फोनमार्फत जानकारी दिएको श्यामकुमारले बताए। राजकुमार २०७२ सालदेखि रुसका पास्ता शहरमा बस्र्दै आएका थिए। साथी अभिषेकसँग भेटघाटपछि उनी मेट्रो ट्रेनबाट ओर्लिने वित्तिकै लुटेराहरुले आक्रमण गरेका थिए। घटनापछि सिसीटिभीमार्फत प्रहरीले आक्रमणकारी २ पुरुष र एक महिलालाई पक्राउ गरेको थियो ।

मृतकको शव स्थानीय अस्पतालमा राखिएको छ। घटनाका बिषयमा रुस स्थित नेपाली राजदूतावासमा जानकारी गराइएको छ । २०७४ सालमा रुसबाट घर आएका राजकुमार ३ महिना बेसेर पुन ः फर्किएका थिए। उनले रुसको पास्ता सिटीमा विभिन्न कम्पनीको सिम कार्ड आपूर्तिको काम गर्दै आएको पारिवारिक श्रोतले जनाएको छ । राजकुमार व्यापारिक भिसामा रुस पुगेका थिए। राजकुमारको मृत्युको खबरले यतिवेले सिंगो गाउँ नै शोकमग्न भएको छ।

मृतक राजकुामरका नेपालमा श्रीमती, सात महिनाको एक छोरा, ३ दाजुभाई, एक दिदी, आमा र बुवा छन् । मृतककी आमा जितनी अहिरले आफ्नो छोराको शव चाडै ल्याउन पहल गरी दिन सरकारसँग माग गरेकी छिन् । कपिलस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरले मृतकका लागि चाहिने आवश्यक सिफासिहरु पठाइसकेको बताए। एनआरएन रुसका उपाध्यक्ष सुमन रिजालले मृतकको शव घर फर्काउन आवश्यक प्रक्रियामा लागेको मृतकको परिवारलाई जानकारी गराएको बताएका छन् । शव घर फर्काउन र क्षतिपूर्तिका बिषयमा एनआरएनले पहल गरेको उनको भनाई छ ।

५ बर्षदेखि साउदीमा बन्धक बनेका बाबु फोनमै रोए
घटनासँगै अर्काे तथ्य पनि बाहिर आएको छ। मृततकका ध्रुवकुमार यादव ५ वर्षदेखि साउदी अरेबियामा अलपत्र छन्। वैदेशिक रोजगारीमा गएका उनलाई मालिकले बन्धक बनाएर राखेको जनाइएको छ । धुव्रले फोनमार्फत आफ्नो छोराको मृत्युको खबर पाएका छन्। २ बर्षका लागि रोजगारीमा गएका उनी ५ बर्ष बित्दा पनि आफनो घर फर्कन पाएका छैनन्। ‘बुवालाई फोनमार्फत घटनाबारे जानकारी गएका छौं’, कान्छा छोरा माहेनले भने, ‘बुवा फोनमै धेरै रुनु भयो, मलाई जसरी पनि घर फर्किनु छ भन्दै बिलौना गर्नुभयो।’ मोहनका अनुसार राजकुमारको अनुहार अन्तिम पटक हेर्न पनि धुव्र घर फर्किन चाहन्छन्। तर, मालिकले बन्धक बनाएर उनलाई फर्काउन मानेको छैन ।

धु्व्रकुमार साउदी अरबको अल हाम इबिसी कम्पनीमा कार्यरत छन्। सुरुको केही महिना कम्पनीका मालिकले पैसा दिएका थिए। लामो समयदेखि कम्पनीले बुवालाई पैसा नदिएको छोरा मोहनले बताए। ‘बुवालाई कम्पनीको मालिकले बन्धक बनाए राखेको छ। खान र बस्न मात्र दिन्छ, फर्काउन मान्दैन’, उनले भने, ‘फोनमा कुराकानी हुन्छ, फर्कन चाहनु हुन्छ। तर कुनै उपाय नै छैन।’ आफनो बुवाको अवस्थाबारे नेताहरु तथा सरकारी निकायलाई जानकारी गराए पनि अझैसम्म कसैले चासो नदिएको उनले गुनासो गरे। घर फर्किन नपाएर छट्पटाएका धु्रब आफ्नो जेठो छोराको मृत्युले दोहोरो पीडामा परेका छन्।

Featured