खेलकुद विदेश

बलिउड नायक सलमानले मिका सिंहका कारण रद्द गरे क्यानडा र अमेरिकाको भ्रमण

काठमाडौं, भदौ २३-बलिउड नायक सलमानले मिका सिंहका कारण क्यानडा र अमेरिकाको भ्रमण रद्द गरेको घोषणा गरेका छन्। अब यो भ्रमण अर्को वर्ष हुने बताइएको छ। भारतीय मिडिया तथा स्रोतका अनुसार, ‘सलमान खान यो कार्यक्रममा गायक कमाल खानसँग जाँदै थिए र मिका सिंहले पनि उनीहरुलाई साथ दिने बताएका थिए।’

गायक मिका सिंहले पाकिस्तानमा प्रस्तुती दिएका कारण विवादमा तानिएका थिए। मिकाले उक्त विवाद पछि निर्मातासँग कुरा गरेर समस्या सुल्झाए पनि यसको चर्चा भने अझै सेलाएको छैन। सलमानको समूहलाई उक्त कार्यक्रमले कस्तो प्रतिक्रिया पाउला भनेर थाहा नभएपछि कार्यक्रम नै रद्द गरेको बताए।

Featured