देश

लोकतन्त्रमाथिको प्रहार कांग्रेसलाई अस्वीकार्य :राणा

काठमाडौँ, भदौ २२–नेपाली कांग्रेसका यूवा नेता उदय शम्शेर राणाले सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। अन्तर्रा्ष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थराज्यमन्त्रीसमेत रहेका नेता राणाले सरकारले समृद्धिका ठूला नारा दिएपनि व्यवहारमा काम गर्न नसकेको बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्षी दल सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उल्लेख गरे। ‘जुन आशा र अपेक्षाका साथ यो सरकार बनेको थियो, त्यो अनुसार सरकारले काम गर्न सकेको छैन, दुई तिहाइको सरकार बनेपछि मुलुकमा स्थायी सरकार बन्छ, समृद्धिको बाटोमा मुलुक जाला भन्ने अपेक्षा आमनागरिकमा थियो,’ उनले भने, सरकारले राम्रो काम गरोस् । कांग्रेसले सहयोग नै गर्छ तर लोकतन्त्रमाथि प्रहार गर्ने कुरा कांग्रेसलाई स्वीकार्य छैन ।’

उनले कम्यूनिष्ट सरकार बनेपछि विदेशी लगानी घट्दै गएको बताए । ‘बलियो सरकार बनेपछि वैदेशीक लगानी बढ्नुपर्ने हो तर अहिले ४० प्रतिशतले घटेको छ,’ उनले भने, ‘व्यापार घाटा बढ्दो छ । मुलुकमा व्यवसाय गर्ने माहोल छैन भनेर व्यापारीहरुले गुनासो गरिरहेका छन् । यस्तो अवस्थामा समृद्धि कसरी आउँला ?’ पूर्वअर्थराज्यमन्त्री राणाले आर्थिक समृद्धिमा जोड दिँदै नेपालले पनि छिमेकी मुलुकजस्तै विकासमा फड्को मार्ने बेला आइसकेको बताए ।

Featured