देश

बहुविवाहको मुद्दाले सांसद पद चट्

जनकपुर, भदौ २३–बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ । जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेश सभाले उनलाई निलम्बन गर्ने भएको छ ।

नेकपाको टिकटमा सिरहाका निर्वाचन क्षेत्र ४ (१) बाट प्रदेश सभा सदस्य पदमा निर्वा्चित साहलाई धनुषा जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको थियो ।

जिल्ला अदालतको सो फैसलाविरुद्ध पुनरावेदन गरेका साहलाई उच्च अदालत जनकपुरले पुरानै फैसला सदर गरेको सुनाइदिएपछि उनलाई निलम्बन गर्न प्रदेश सभाले प्रक्रिया सुरु गरेको हो । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured