NRNA खबर

एनआरएनए उपाध्यक्षमा लामाको उम्मेदवारी घोषणा

काठमाडौँ, भदौ २२–गैर आवासिय नेपाली संघ(एनआरएनए)को आईसिसि उपाध्यक्षमा अभियान्ता सोनाम लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखी एनआरएनए अभियानमा लागेका लामाले अनौपचारिक रुपमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले सवैको चाहना र माग अनुसारनै आफुले आईसिसि उपाध्यक्षमा उम्मेदवारि दिने निर्णय लिएको बताए । एनआरएनएको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोण्डलाई कार्यान्वयनमा लैजान र नेपाली नागरिकता निरन्तरताको मुद्धालाई कार्यान्वयनको चरणमा पुर्याउनका लागि पनि सवैको माग, चाहना र आग्रह अनुसारनै उम्मेदवारि घोषणा गरेको लामाले बताए । उनले आफ्नो प्रतिवद्धतापत्र सहित चाँडै औपचारिक रुपमा उम्मेदवारि घोषणा गर्ने जानकारी दिए ।

अनआरएनए अभियानमा लामाको योगदान
सन् २००९ मा एनआरएनए आइसिसि सदस्य भएर सो अभियानमा होमिएका सोनाम लामा निरन्तर अभियानमा कृयाशिल छन् । लामाले अमेरिकाज क्षेत्रको क्षेत्रीय सह–संयोजक (डिआरसि) हुँदै संयोजक(आरसी) पदको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिसकेका छन् । एनआरएनए आईसिसिका पूर्व अध्यक्ष देवमान हिराचनदेखी जिवा लामिछाने र शेष घलेसँग निकै जनिक भएर काम गरेका लामाको एक दशक अवधिमा एनआरएनएमा ठुलै योगदान छ । विषेश गरि उनले एनआरएनए भवन तथा लाप्राक प्रोजेक्टमा उनले करोडौँ रुपैयाँ सहयोग गरेका छन् ।

यतिबेला एनआरएनएको कुनै पनि पदमा नरहेपनि लामाले समाजसेवा गर्दै एनआरएनए अभियानमा लाग्दै आएका छन् । सो अभियानमा महत्पूर्ण योगदान पुर्याएका लामा प्रचार प्रसारका शौखिन भने होइन्् । उनी आफुले गरेको कामको प्रचार गर्न रुचाउँदैनन् । बोल्ने भन्दा पनि गरेर देखाउँदै आएका लामाले पछिल्लो समय सिंगो एनआरएनएलेनै गर्व गर्न लायक काम गरेर सवैलाई गतिलो पाठ सिकाउँदै आएका छन् ।

अएआरएनए अभियानमा लागेका व्यक्तिहरुले बोलेर, गफ गरे नभई गरेर देखाउने गरेर देखाउँछन् भन्नेकुरा लामाले सावित गर्दै आएका छन् । लामाले नेपालमा थुप्रै सामाजिक कार्यहरुसमेत गरेका छन् । उनले करोडौँ रुपैयाँ लागानि गरेर नेपालको मुस्ताङ स्थित मुक्तिनाथ मन्दिर परिसरको मुहारनै फेरि दिएका छन् । सो मन्दिरको विकास र प्रवद्र्धनका लागि लामा विगत ५ वर्षदेखि निरन्तर लागि पर्दै आएका छन् । उनले आफ्नो व्यक्तिगत खर्चबाट मन्दिर परिसरभित्रैको ६ रोपनि जग्गामा ३५ फिटको वुद्धको मुर्ति निर्माण गरेका छन् ।

उनकै लगानिमा मन्दिर परिसरमा पार्क निर्माण गरिएको छ भने सो पार्कबाट धौलागिरि, निलगिरि लगायतका हिमश्रृङ्खला एवम् मनोरञ्जन दृष्य देखिन्छ । लामाले स्वीकृत लिएको सोही ६ रोपनि क्षेत्रफलमा झरना, बगैँचा, ११ वटा ढुंगेधारा र ५ वटा स्तुपा बनाइदिएका छन् । उनले आफु, पत्नि, एक छोरा र दुई छोरीको नाममा ५ वटा स्तुपा बनाइएको जानकारी दिए ।

उनले. आफुले उम्मेदवारी दिएको सो पदमा सवैले मत दिएर विजयी गराएर एनआरएनए अभियानमा थप योगदान र सामाजिक कार्यगर्ने अवसर प्रदान गर्नका लागि सवैलाई आग्रह गरेका छन् । लामाले आफुले आफुलाई सो पदमा विजयी गराएको खण्डमा त्यसपछी गर्ने सवै कामका विषयहरु घोषणपत्रमै उल्लेख गरेर सोही अनुरुप कार्यान्वयन गर्ने जानकारी दिए ।

Featured