खेलकुद देश

जिल्ला स्तरीय भलिबल हुँदै

मकवानपुर, भदौ २२-हटिया स्पोट्र्स एकेडेमीको आयोजनामा केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको पाँचौं संस्करण आगामी असोज १ गतेदेखि सुरु हुने भएको छ।

असोज ४ गतेसम्म हटियामा सञ्चालन हुने जिल्ला स्तरीय भलिबल प्रतियोगितामा १४ टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ।

आयोजकले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक हटिया स्पोट्र्स एकेडेमीले प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले नगद ४० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिएको छ।

Featured