विदेश सूचना/ प्रबिधि

ल्याण्डर विक्रम चन्द्रमाको सतहमा भेटियो

काठमाडौं, एजेन्सी, भदौ २२-भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ ल्याण्डर विक्रम चन्द्रमाको सतहमा फेला पार्न सफल भएको छ।

इसरोका अध्यक्ष डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डर अवतरण भएको स्थानमा पत्ता लागेको जानकारी दिएका हुन्। अर्बिटरले ल्याण्डरको थर्मल इमेज खिचेको छ। यद्यपि, अर्बिटरद्वारा लिइएको ल्याण्डरको तस्विर अहिले सम्म इसरोसम्म आइपुगेको छैन।

इसरोले ल्याण्डर विक्रमसँग सम्पर्क कायम गर्न अझै पनि प्रयास जारी रहेको बताएको छ।

सिवनले ल्याण्डर अवतरण भएको पत्ता लागेपनि त्यो कुन अवस्थामा रहेको छ भन्ने अझै यकिन नभएको बताएका छन्। उनले सम्भवतः ल्याण्डर विक्रमले हार्डल्यान्डिङ गरेको तर ल्याण्डरमा के कति क्षति पुगेको वा नपुगेको अझै स्पष्ट नभएको जानकारी दिए।

इसरो ७ सेप्टेम्बरमा अन्तरिक्ष विज्ञानमा इतिहास रच्ने नजिक थियो। तर, चन्द्रयान–२ को ल्याण्डर विक्रमको ल्याण्डिङभन्दा मात्र ६९ पहिलो पृथ्वीसँग सम्पर्क टुटेको थियो।

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्डर विक्रमको शनिबार बिहान भारतीय समयअनुसार १ बजेर ५३ मिनेटमा ल्यान्डिङ हुनुपर्ने थियो। यसपछि सिवनले भारतीय मिसन ९९ प्रतिशत सफल भएको र अन्तिम चरणमा ल्याण्डरसँग सम्पर्क टुटेको बताएका थिए।

Featured