खेलकुद विदेश

नेपाल बंगलादेशसँग ६ विकेटले पराजित

काठमाडौं, भदौ २२-एसीसी यू–१९ एसिया कपमा बंगलादेशसँग ६ विकेटले पराजित भएको छ।

आफ्नो दोस्रो खेलमा आइतबार बंगालदेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिएको हो। २६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.२ ओभरमा चार विकेटको क्षतिमा लक्षमा पुगेको हो।

१९ रन हुँदा दुई विकेट गुमाएको बंगलादेशले सम्हालिएर खेल्दै जित हात पार्‍यो। सुरुवातमै विकेट लिएको नेपालले त्यसपछि भनेर राम्रो खेल्न सकेन। नेपालका लागि कमलसिंह ऐरीले दुई विकेट लिदा हरिबहादुर चौहान र राशिद खानले समान १–१ विकेट लिए।

यो हारसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिदा बंगलादेश भने सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले अब समूह चरणको अन्तिम खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

Featured