देश

विकास आयोजना निर्माणका लागि एउटा रुख काट्दा १० वटा विरुवा रोपे पुग्ने

काठमाडौं, भदौ २२–विकास आयोजना निर्माणका लागि एउटा रुख काट्दा १० वटा विरुवा रोपे पुग्ने भएको छ। यसअघि एउटा रुख काट्दा २५ वटा रुख रोप्नुपर्ने व्यवस्था थियो। तर राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका लागि राष्ट्रिय वन प्रयोगसम्बन्धी मापदण्डसहित कार्य्िवधिले एउटा रुख काट्दा १० वटा विरुवा सट्टा भर्ना गरे पुग्ने व्यवस्था गरेको छ।

यो कार्य्विधि मन्त्रिपरिषदबाट पास भइसकेको छ। कार्य्विधि अनुसार सट्टाभर्ना जग्गा वा रकम पनि उपलब्ध गराउनुपर्ने र पैसा खर्चिएर विरुवा हुर्काउनुपर्ने दोहोरो व्यवस्थाले आयोजनाहरु समस्यामा धकेलिन सक्ने देखिएको छ। सुरुमै सबै पैसा तिर्नुपर्दा आयोजनाहरु थप मारमा पर्नेछन्।

Featured