देश

पुन : निर्माण र स्मार्टसिटीको विकासका लागि दक्षिण कोरियाको सहयोग

काठमाडौँ, भदौ २२­ काठमाडौँ उपत्यकामा पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलले राजधानिका साँखु, बुङ्मती र खोकनाको प्रचिन बस्तीको पुनःनिर्माण गर्न र सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्ट्िसटी बनाउनका लागि कोरियाले सहयोग गर्न लागेको जनाएको छ।

पुनःनिर्माण तथा स्मार्ट्िसटी निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौँका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच कोरियाको सियोलमा सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको संरक्षण गर्न तथा नयाँ शहरको विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन्।

शहरी क्षेत्रको पुनःनिर्माण तथा स्र्मार्ट्िसटीहरुको विकासका कार्यमा कोरियामा भएको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुशी लागेको सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कीमले बताए। सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरुको विकास गर्न तथा आवासहरुको निर्माणका लागि स्थापना गरिएको निकाय हो।

Featured