काठमाडौं, भदौ २२–भदौ २४ गतेदेखि सुरु हुने नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिएको छ ।
प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो । कांग्रेसले यसअघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो ।
अभियानको दोस्रो चरण भदौ २४ गतेदेखि सुरु भई असोज ७ गतेसम्म सञ्चालन हुनेछ । हरेक जिल्लामा दुई–दुई जनाको दरले प्रतिनिधि खटाइएको छ । पूर्वमन्त्री, पूर्व सांसद, पूर्वसभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवार लगायतलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस