देश

बडादशैँ टिकाको समय सार्वजनिक, उत्तम साइत १० बजेर ३५ मिनेटमा

काठमाडौँ, भदौ २२-नेपाल पञ्चांग निर्णायक समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको दशैँको टीका साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए।

समितिका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ। यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको जानकारी दिएका छन्।

Featured