देश

१० हजार घुससहित ट्राफिक असई पक्राउ

सिन्धुली, भदौ २२–ट्राफिक प्रहरीका असई श्याम माझी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुलीको नेपालथोक ट्राफिक जाँच चौकीबाट घुस लिइरहेको अवस्थामा गएराति पक्राउ गरेको हो ।

नेपालथोक प्रहरीचौकीमा कार्यरत ट्राफिक असई माझीले पूर्व जाने गाडीहरुबाट घुस लिएको उजुरीका आधारमा अख्तियारले निगरानी राखेको थियो । उनलाई विभिन्न पाँच वटा गाडीबाट उठाएको १० हजार रुपैयाँ रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

Featured