खेलकुद विदेश

सेरेनालाई हराउँदै बियान्काले जितिन् यूएस ओपन

एजेन्सी, भदौ २२– अमेरिकी सेरेना विलियम्सलाई हराउँदै क्यानडाकी बियान्का एन्ड्रिस्कुले यूएस ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् । १९ वर्षीया बियान्काको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो । फाइनलमा उनले अमेरिकाकी ३७ वर्षीया सेरेना विलियम्सलाई ६–३ र ७–५ को सोझो सेटमा हराइन् ।

२३ ग्रान्सस्लाम उपाधि जितिसकेकी सेरेना फाइनलमा पराजित भएको यो लगातार चौथो पटक हो । १५ औं बरियताकी बियान्काले पहिलो पटकको सहभागितामै यूएस ओपनको उपाधि जितेकी हुन् । गत वर्ष उनी छनोट चरणको पहिलो खेलबाट बाहिरिएकी थिइन् । उनी ग्रान्ड स्लाम जित्ने पहिलो क्यानडाली र यूएस ओपन जित्ने दोस्रो किशोरी खेलाडी बनेकी छन् ।

यसअघि सन् २००६ मा यूएस ओपन मारिया सारापोभाले जितेकी थिइन् । रुसी खेलाडी सारापोभाले २००४ मा १८ वर्षको उमेरमा विम्बल्डन उपाधि जितेकी थिइन् । २० वर्षअघि सेरेनाले १९९९ मा त्यसबेलाकी १ नम्बर खेलाडी मार्टिना हिंगिसलाई हराएर पहिलोपटक यूएस ओपनको उपाधि जितेकी थिइन् ।

Featured