खेलकुद

एसिया कप क्रिकेटः नेपालले बंगलादेशको सामना गर्दै

एजेन्सी, भदौ २२–श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार अहिले बिहान १० बजेर १५ मिनेटमा कोलम्बोमा हुनेछ । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासंग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको नेपाललाई अघिल्लो चरणमा पुग्नका लागि आज खेलमा निश्चित जितको आवश्यकता छ ।

पहिलो खेलमा नै घरेलु टोलीसँग पराजित भएका कारण नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । आजको खेलमा बंगलादेशलाई हराउँन सके नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बाँकी रहनेछ । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार युएईको सामना गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

Featured