देश

कृषि र पशुपालनमा साढे २९ करोड लगानी

बनेपा, भदौ २२–धुलिखेल नगरपालिकाले आगामी चार वर्ष्भित्र नगरलाई कृषि उपज र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन २९ करोढ ४३ लाख रुपैयाँ खर्च गर्ने भएको छ । ‘कृषिमा क्रान्ति, कृषिबाट समृद्धि र शान्ति’ अभियानसहित नगरपालिकाबाट स्वीकृत चौवर्षीय कृषि विकास रणनीतिक योजनाले यस्तो लक्ष्य लिएको हो ।

नगरपालिकाले रणनीतिक योजनाको अन्त्य वर्ष (२०७८/७९) सम्ममा कृषिमा १० करोड ७० लाख र सोही अवधिका निम्ति पशुजन्य उत्पादनका क्षेत्रमा १८ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने भएको छ । पशुजन्य उत्पादनतर्फ व्यावसायिक बाख्रा, गाईभैंसीपालन, अर्ध व्यावसायिक कुखुरापालनलाई जोड दिएको छ । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured