देश

रूपेन्देहीमा डेगु संक्रमित महिलाको मृत्यु

बुटवल, भदौ २१–रूपेन्देहीमा डेगु संक्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका(७ मोतिपुरकी ६१ वर्षीया सापित्रा आचार्यको डेंगुको संक्रमणबाट शनिवार मृत्यु भएको हो ।

लगातार ज्वरो आएपछि बुटवलमा आई परीक्षण गर्दा उनीमा बिहीबार डेंगुको संक्रमण पाईएको थियो । तीन दिनदेखि प्रादेशिक अस्पताल बुटवलको आईसीयू कक्षमा राखी उपचार गरे पनि रगतमा रहेको प्लेटलेसको मात्रा नबढेपछि आचार्यको शनिवार साढे पाँच बजे निधन भएको हो । स्वर्गीय आचार्यका चार छोरा र दुई छोरी छन् ।

Featured