देश

छात्रामाथि एसिड प्रहार गर्नेलाई कडा कारबाहीको माग

जनकपुर, भदौ २१–प्रदेश २ का सांसदहरुले छात्रामाथि एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन् । उनीहरुले प्रदेशका छात्राहरुमाथि पटक(पटक एसिड प्रहार भइरहनुले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सार्थक बन्न सक्छ ? भनी प्रश्न समेत गरेका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले वीरगञ्ज(१५ छपकैयामा १५ बर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार हुनुले प्रदेशको शान्ति सुरक्षा कमजोर भएको प्रष्ट भएको बताए ।

सत्तासिन समाजवादी पार्टीकी सांसद भीमा यादवले निरन्तर प्रदेशका छोरीहरुमाथि एसिड प्रहार भइरहनु चिन्ताको बिषय भएको बताइन् । यो घट्ना बढ्नुले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सफल हुनेमा आशंका व्यक्त गरिन् । प्रदेशका छोरीहरु असुरक्षित बन्दै गएको बताउँदै उनले प्रदेश सरकारले छोरी लक्षित अभियान ल्याएपनि यो अभियानले काम गर्न नसकेको बताइन् ।

समाजवादी पार्टीका अर्की सांसद करिमा बेगमले एसिड आक्रमण गर्नेमाथि कारबाही गर्न माग गरिन् । अर्काे सत्तासिन पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद गणेश कुर्मीले यसरी घट्ना भइरहे जनताले सरकारको अनुभूति गर्न नसक्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

Featured