खेलकुद देश

इटहरीमा तेस्रो प्रदेश स्तरीय स्नोकर प्रतियोगिता सुरु

इटहरी, भदौ २१ इटहरीमा तेस्रो प्रदेश स्तरीय स्नोकर प्रतियोगिता सुरु भएको छ । अन्य खेलहरु जस्तै स्नोकर खेलको पनि विकास गर्ने उद्धेश्यसहित इटहरीमा प्रतियोगिता आयोजना गरिएको आयोजक सिटि हेल्थ क्लब एण्ड स्नोकर हाउसले जनाएको छ ।

अन्य खेलको तुलनामा फरक शैलिको स्नोकर खेलमा पछिल्लो समय युवाहरुको आकर्षण बढदै गएको छ । २५ गते सम्म चल्ने प्रतियोगितामा ६४ जना खेलाडीले सहभागीता जनाएको क्लबका सञ्चालक श्याम कार्कीले जानकारी दिए ।

प्रतियोगितामा धरान, बिराटनगर, बिर्तामोड, इटहरी, बिराटचौक लगायतका क्षेत्रबाट खेलाडिले सहभागीता जनाएका छन । प्रतियोगितामा बिजेता हुनेलाई नगद चालिस हजार प्रदान गरिने छ भने दोश्रोलाई बीस हजार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै सेमिफाईनलमा पुग्ने दुईजनालाई दश,दश हजार प्रदान गरिने तथा चार जना क्वाटर फाईनलका खेलाडीहरुलाई पनि नगद पाँच हजार दिइने क्लबले जनाएको छ ।

Featured