देश

वडा अध्यक्षद्धारा आत्महत्याको प्रयास

बुटवल, भदौ २१–बुटवलमा एक वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश नेपालले आफ्नै कोठाको पंखामा झुण्डिएर आत्महत्याको प्रयास गरेका हुन् । परिवारका सदस्यले देखेपछि तत्काल उपचारका लागि लगेका थिए ।

उनको अहिले भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीय तह निर्वाचनमा उनी तत्कालीन एमाले कोटाबाट निर्वा्चित भएका थिए । घरायसी तनावका कारण उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने स्थानीयबासीको अनुमान छ ।

Featured