देश

आजदेखि सुरु हुने चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित

काठमाडौं, भदौ २१–त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ। सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि आजदेखि सुरु हुने भनिएको स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ।

चिकित्सा अध्ययन संस्थानका डीन डा. जगदीश अग्रवालले सर्वोच्च अदालतले परीक्षा स्थगित गर्न आदेश दिएपछि त्रिविको बैठकले शनिबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा स्थगित गरेको बताए। भदौ २१ गतदेखि सुरु हुने चिकित्साशास्त्रको स्नातकतर्फ एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी र बीपीएच तहको प्रवेश परीक्षा तोकिएको थियो ।

Featured