मनोरंजन

अस्कर अवार्डका लागि नेपालबाट ‘बुलबुल’ निर्विरोध सिफारिस

काठमाडौं, भदौ २०–एकेडेमी अवार्ड अस्कर) को ९२औं संस्करणका लागि नेपालबाट चलचित्र ‘बुलबुल’ ले सहभागिता जनाउने भएको छ । अन्तर्रा्ष्ट्रिय फिचर विधाका लागि बुलबुललाई नेपालस्थित अस्कर छनोट समितिले निर्विरोध चयन गरेका हो । चलचित्रको पटकथा लेखन र निर्देशन विनोद पौडेलले गरेका हुन् । टेम्पो चालक महिलाको जीवन र मनोविज्ञानमाथि चलचित्र निर्माण भएको छ । चलचित्रको मुख्य भूमिका अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गरेकी छन् ।

चलचित्रमा स्वस्तिमाको साथमा लक्ष्मी बर्देवा, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । चलचित्र चयन समितिले १५ असोज २०७५ भन्दा पछि तथा १३ भदौ २०७६ भन्दा पहिला प्रदर्शन भएका चलचित्रलाई सहभागिताको लागि आह्वान गरेको थियो । तर, तोकिएको समयावधिमा बुलबुलबाहेक अन्य चलचित्रले आवेदन दिएका थिएनन् ।

Featured