देश

सागका लागि तेक्वान्दो खेलाडीको अन्तिम छनोट

काठमाडौं, भदौ २०–नेपालमा हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तेक्वान्दो खेलाडीको छनोट भएको छ । तेक्वान्दो संघले सागमा नेपालको प्रतिनिधित्व गर्ने ३४ खेलाडीको नाम घोषणा गरेको हो । सागमा महिला ४६ केजीमुनि आर्मीकी काजल श्रेष्ठ, ४९ केजीमुनि आर्मीकै युनिशा राई, ५३ केजीमुनि एपिएफकी अस्मिता खड्का तथा ५७ केजीमुनि पुलिसकी नीमा गुरुङ रहेका छन् । यस्तै, ६२ केजीमुनि प्रदेश १ की इन्दिरा बस्नेत, ६७ केजीमुनि एपिएफकी संगीता बस्याल, ७३ केजीमुनि एपिएफकै अप्सरा कार्की तथा ७३ केजीमाथिको स्पर्धामा सूदूरपश्चिम प्रदेशकी निशा रावल प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी पुरुष स्पर्धाको ५४ केजीमुनि पुलिसका मनोज मल्ल, ५८ केजीमुनि प्रदेश ५ का गोविन्द आले मगर, ६३ केजीमुनि आर्मीका विरबहादुर महरा भिड्नेछन् । यस्तै, पुरुषकै ७४ केजीमुनि पुलिसका निश्चलमान श्रेष्ठ, ८० केजीमुनि प्रदेश ५ का किरण आले मगर, ८७ केजीमुनि आर्मीका भूपेन श्रेष्ठ तथा ८७ केजीमाथीको स्पर्धामा आर्मीकै सक्षम कार्की प्रतिस्पर्धा गर्नेछन् ।

महिला पुम्सेअन्तर्गत १८ देखि २४ वर्षसम्म प्रदेश १ का सिना मादेन र स्वस्तिका तामाङ, प्रदेश ३ का निशा दर्नाल र सन्जिला तिमल्सिना रहेका छन् । यस्तै, २४ देखि २९ वर्षसम्म आर्मीका निता गुरुङ र प्रशंसा क्षत्री, पुलिसकी पार्वती गुरुङ र प्रदेश १ की सुशीला राई रहेका छन् । यसैगरी ३० वर्षमाथिको उमेरसमूहमा आर्मीकी अनुभवी खेलाडी आयशा शाक्यले प्रतिस्पर्धा गर्ने्छिन् ।

पुरुष पुम्सेको १८ देखि २४ वर्षसम्म प्रदेश ३ का कृष्ण तामाङ र अस्मिन राउत तथा आर्मीका शिशिर श्रेष्ठ र दीपेन्द्र गुरुङ प्रतिस्पर्धा गर्नेछन् । यस्तै, २४ देखि २९ वर्षसम्म पुलिसका कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु छनोट भएका छन् । ३० वर्षभन्दा माथिको स्पर्धामा आर्मीका रेजिन रिमाल र सञ्जिव ओझाले सहभागिता जनाउनेछन् ।

Featured