देश

सभापति देउवा आक्रोशित

काठमाडौं, भदौ २०–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरिएको कार्यक्रममा पार्टीका नेता र कार्यकर्तामाथि जंगिएर प्रस्तुत भए । सभापति देउवाले गत वर्ष भएको स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलका पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने विषयलाई लिएर आक्रोसित भएका हुन् ।

‘पार्टीको आधिकारिक उम्मेदवारलाई हराउनेलाई कारबाही गर्न खोज्दा कसले रोक्न खोज्छ हेरौंला ?’, तीन नम्बर प्रदेशका सात जिल्लामा महाधिवेशन प्रतिनिधिको लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले भने । उनले पार्टीलाई हराउनको अनुहार बाहिर ल्याउन आफू भएको भन्दै जसरी पनि कारबाही गरेरै छाड्ने बताए । ‘अनुशासन उल्लंघन गर्ने त्यस्ताको अनुहार मैले नि बाहिर ल्याउँछु’, आक्रोसित बनेको देउवाले भने, ‘पार्टीलाई हराउनेलाई मैलै कारबाही गर्न नपाउने ?’

देउवाले आगामी १४ मंसिरमा भक्तपुरमा हुने प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कुनै पनि हालतमा जिताउन आग्रह गरे । देउवाले भक्तपुर ऐतिहासिक ठाउँ भएकोले कांग्रेसले पनि ऐतिहासिक जित यहीँबाट देखाउनुपर्ने देउवाको भनाइ छ । २००७ सालदेखि लडेको पार्टी फेरि पनि सडक र सदनमा लड्ने घोषणा गर्दै देउवाले त्यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पार्टी भित्र वृहत एकताको लागि आव्हान पनि गरे । ‘के कांग्रेसका साथीहरुबीचमा एकता हुँदाहुँदै पनि हारेको हो र ?’, देउवाले भने, ‘पार्टी एकता नभएकै कारण चुनावमा हारेको होइन ?’

देउवाले सरकारले पुलिसलाई प्रतिबद्ध बनाउन खोजेको जनाउँदै पुलिस व्यवसायिक हुनुपर्नेमा जोड दिए । ‘पुलिस र कर्मचारीले जनताले तिरेको करबाट तलब खाने हो’, उनले भने, ‘विदेशीले पैशाले प्रहरी र कर्मचारीले तलब पाएका होइनन् ।’ सरकारले नेपाली जनताले तिरेको कर खाएका प्रहरी र कर्मचारीलाई नेकपाको कार्यकर्ता बनाउँदै गरेको देउवाले आरोप लगाए । उनले नेकपा नेतृत्वको सरकारले प्रहरी, कर्मचारी र सेनालाई पार्टीप्रति प्रतिबद्ध बनाउन खाजेको आरोप लगाए ।

Featured