देश

छात्रा माथी बिहान विरगंजमा एसिड प्रहार

विरगञ्ज, भदौ २०–घरबाट स्कुल जाँदै गरेकी एक जना छात्रा माथी शुक्रवार बिहान विरगंजमा एसिड प्रहार भएको छ । दुई जनाको संख्यामा रहेका युवाहरुको समुहले बाटोमा हिँड्दै गरेकी ती छात्रालाई एसिड छ्यापेर गरि गम्भीर घाईते बनाएका हुन् ।

विरगंज छपकैयाकी १५ वर्षिय मुस्कान खातुन माथी एसिड प्रहार भएको हो । ती युवाहरुको समुहले विरगंज महानगरपालिका ६ गणेशमान चोक, छप्कैया स्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ती छात्राको अनुहारमा एसिड छ्यापेका थिए ।

एसिड प्रहारबाट ती छात्राको देब्रे पट्टीको भाग पुरै जलेको छ । हाल उनको बिरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । स्थानीय सम्साद मियाँ र माजिद आलमले मुस्कानलाई एसिड प्रहार गरेका थिए । एसिड छ्यापेर फरार भएका दुबै जना युवाहरु मध्ये सम्साद मियाँलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ भने अर्का फरार माजिद आलमको खोजी कार्य तिब्र पारिएको प्रहरीले बताएको छ ।

Featured