देश

जिल्लामा शान्तिसुरक्षा र सुशासन कायम गराउन प्रतिवद्ध छु : प्रजिअ भुजेल

विराटनगर, भदौ २०–लामो समयसम्म विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरिसकेका मदन भुजेलले जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका छन् । नेपाल सरकारका सह–सचिव भुजेलले बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्व सम्हालेका हुन् ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको सरुवा भएपछि उनले मोरङको नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यभार सम्हालेका हुन् । बाँके जिल्लाबाट सरुवा भई मोरङ आएका भुजेल हेटौडा–४ मकवानपुरका स्थायी बासिन्दा हुन् । यसअघि उनले झापा र रामेछापमा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गर्नुकासाथै विभिन्न जिल्लामा स्थानिय विकास अधिकारीको कार्यभार समेत सम्हालिकेका छन् ।

मोरङ प्रशासनको नेतृत्व सम्हालिसकेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारसंगको परिचयात्मक कार्यक्रममा बोल्नुहुंदै उहांले आफुले जिल्लामा शान्तिसुरक्षा र सुशासन कायम गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुले प्रवाह गर्ने सेवालाई उत्तरदायि र जनमैत्री बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी भुजेलले चाडपर्व नजिकिंदै गएका कारण बजारमा हुनसक्ने मिसाबट नियन्त्रण गर्न अनुगमन सयंन्त्रलाई प्रभावकारी बनाउने बताउँदै खुल्ला सिमानाबाट हुने तस्करी नियन्त्रण गर्न कडाई गरिने प्रष्ट पारे । उनले लागुऔषध ओसारपसार र दुब्र्यसन नियन्त्रण गर्न समेत प्रभावकारी कदम चालिने बताउनुभयो । कार्यक्रममा मोरङलाई कार्यक्षेत्र बनाएर कामगर्दै आएका विभिन्न संचार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

Featured