देश

पर्यटन व्यवसायीलाई प्रचण्डको सुझाव : एकैपटक धेरै कमाउन नखोजौं

काठमाडौं, भदौ २०–नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमानदार र मेहनतीको छवीमा आँच आउने कुनै काम गर्न नहुने बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१औं साधारणसभामा प्रचण्डले भने, ‘नेपाली बहादुर, इमान्दार र महेनती छन् भन्ने छवि छ, अतिथि देवो भवः मन्त्र त भन्छौं तर कहिलेकाहीँ अतिथि दुहुने गाई हो भने जसरी भएभरको एकैपटक दुहुन खोज्ने घटना सुनिन आएका छन् ।’

यस्ता कार्यले नेपालीको छवीमा आँच आउने भन्दै उनले पर्यटन व्यवसायीलाई सचेत गराए । ‘एकैपटक धेरै कमाउन खोज्दा दुर्घटनाबाहेक केही हुँदैन,’ प्रचण्डले भने, ‘दिगो तरिकाले काम गर्नुस् ।’ व्यवसायका लागि राज्यले राम्रो वातावरण बनाइदिने प्रतिबद्धता उनले जनाए । पर्यटनमन्त्री योगेश भट्टराईले पनि अन्तर्रा्ष्ट्रिय स्तरमा नेपालको बदनाम हुने कुनै काम नगर्न पर्यटन व्यवसायीलाई आग्रह गरे । ‘पर्यटन क्षेत्रका समस्या घरभित्रै समाधान गरौं,’ उनले भने,’नेपालको प्रतिष्ठामा आँच आउने गरी कुनै प्रचार नगरौं ।’ टानको आज हुने निर्वाचनले नयाँ कार्यसमिति चयन गर्दै छ ।

Featured