देश

स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री स्वदेश फर्किए

काठमाडौं, भदौ २०–प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली थाइ एयरको विमानमार्फत शुक्रबार मध्यान्ह १२ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका नेताले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् । प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलाको थप उपचारका लागि सिंगापुर गएका थिए ।

Featured