धनगढी, भदौ २०–भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख ८० हजार अवैध रकमसहित प्रहरीले शुक्रबार दिउँसो एक भारतीय नागरिकलाई धनगढी भन्सार नाकाबाट पक्राउ गरेको छ । यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र तीन लाख भारतीय रुपैयाँसहित भारत पलिया खिरी घर भइ धनगढी उपमहानगरपालिक–१ बस्ने अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।
विशेष सूचना पाएपछि नाकामा गाडी कुरेर बसेको प्रहरीले त्रिनगर भन्सार नाकामा इन्ट्री गरिसकेपछि गाडी नियन्त्रणमा लिएको हो । चालकको खुट्टा राख्ने स्थानको तल्लो भागमा तीन लाख भारतीय र सोही गाडीको आगाडिको ढोका छेउको बाकसबाट पच्चिस लाख नेपाली रकम बरामद गरिएको प्रहरीले जनाएको छ । रकमको स्रोत र नेपाल ल्याउनुको उद्देश्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस