देश

प्रधानमन्त्री ओली सिंगापुरबाट साढे १२ बजे स्वदेश आइपुग्दै

काठमाडौं, भदौ २०-उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन्। प्रधानमन्त्री ओली आज दिउँसो साढे १२ बजेतिर काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।

‘थाइ एयरबाट प्रधानमन्त्री दिउँसो १ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुहुनेछ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले जानकारी दिनु भयो।

प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। ओलीको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो।

‘डाक्टरले अब तपाईं काम गर्न सक्नुहुन्छ भनेका छन्,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले भने, ‘प्रधानमन्त्री केपी शर्मा सफल उपचार गरेर फर्किंदै हुनुहुन्छ।’

प्रधानमन्त्रीलाई भेट्न गएका सत्तारूढ दल नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडल पनि सँगै फर्कने अर्यालले जानकारी दिए।

उपचारकै क्रममा प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक चलाएका थिए।

Featured