देश

ज्यान मार्ने उद्योग गरी ३ वर्षदेखि फरार व्यक्ति पक्राउ

काठमाडौं, भदौ १९-ज्यान मार्ने उद्योग गरी ३ वर्षदेखि फरार व्यक्ति काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाम्पाल गाउँपालिका-५ ठेगाना भएका २७ वर्षीय गान्टे भन्ने प्रकाश गोलेलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ।

२०७३ असार २३ गते काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ माकलबारीमा सम्बर बहादुर तामाङलाई गोले र भेजा, किरण तामाङ भन्ने किरण श्रेष्ठ समेतका व्यक्तिहरुले खुकुरी प्रहार गरी घाइते बनाई ज्यान मार्ने उद्योग गरी फरार रहेका प्रतिबादीहरुमध्ये गोलेलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

गोलेलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको उक्त महाशाखाले जनाएको छ।

Featured