देश

सरकारले दूधमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढायो

काठमाडौं, भदौ १९–सरकारले दूधको मूल्य ६ रुपैयाले बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको दुग्ध विकास संस्थानले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेपछि संस्थानले मूल्य बढाएको हो । शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको छ ।

सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममा ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।

बृद्धि गरिएको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत दुग्ध व्यवसायीले पाउनेछन् । नयाँ मूल्यअनुसार अब उपभोक्ताले एक लिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ ।

Featured