देश

दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्नुपर्छः सभापति देउवा

काठमाडौं, भदौ १९–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका कामकारवाहीका कारण जनतामा निराशा छाएको बताएका छन् । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक २ दिने राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारका हरेक गतिविधि संविधान तथा जनभावना विपरित भएको आरोप लगाए । उनले भने, ‘सरकारका हरेक गतिविधि जनताको भावना विपरित छ । यसले जनतामा निराशा बढेको छ । यस्तो अवस्थामा संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै खतरा आउन सक्छ ।’

वर्तमान सरकार दलित समुदायको अधिकार सुनिश्चित गर्न गम्भीर नभएको आरोप लगाउँदै उनले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाईँ लडनुपर्ने धारणा राखे ।

Featured