विदेश

इन्डोनेसियाको ताबानान क्षेत्रमा भेटियो दुईवटा टाउको भएको दुर्लभ सर्प

बाली, भदौ १९-इन्डोनेसियाको बाली टापुको ताबानान क्षेत्रमा दुईवटा टाउको भएको दुर्लभ सर्प भेटिएको छ।

गत अगष्ट ३० तारिखमा उक्त सर्प बाली टापुको ताबानान क्षेत्रमा भेटिएको जनाइएको छ। स्थानीयहरु दुर्लभ सर्प देखेर अचम्ममा परेको डेली मेलले उल्लेख गरेको छ।

यस सर्पको भिडियो खिचिएको छ। उक्त भिडियो सार्वजनिक भएको छ। जानकारहरुका अनुसार दुईवटा शिर भएको सर्प दुर्लभ मानिन्छन्। यसको आयुसमेत छोटो हुन्छ।

कारण दुईवटा शिर भएको सर्पलाई खाना खोज्न गाह्रो हुन्छ। दुईमध्ये एक शिरको इसारामा सर्प चल्दछ। तर दुवै शिर सक्रिय भएकाले समस्या उत्पन्न हुनेगर्दछ। त्यसैकारण भोकका कारण यस्ता सर्पको मृत्यु हुनेगर्दछ।

Featured