काठमाडौं, भदौ १९–कृषिमन्त्री चक्रपाणि खनाल लाई डेंगुको संक्रमण देखिएको छ। कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले मन्त्रीमा डेंगुको संक्रमण देखिएको जानकारी दिए।
उनको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ। ३ दिनदेखि ज्वरो आएपछि हिजो अस्पताल भर्ना भएका उनमा डेंगुको संक्रमण भएको पाइएको हो।
अहिलेसम्म ५ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ। अझै २ महिनासम्म डेङ्गु संक्रमण नरोकिने चिकित्सकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस