देश

आज सुनको मूल्य घट्यो हेर्नुहोस्

काठमाडौँ, भदौ १९-पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज हिजोको तुलनामा रु एक सयका दरले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ४ सय कायम भएको छ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७३ हजार १०० तोकिएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज प्रतितोला रु ९४० कायम रहेको छ। पछिल्लो साउन देखि सुनको मूल्य दैनिक रुपमा बढेको थियो। भदौ महीना लागेपछि पनि सुनको मूल्य लगातार बढिरहेको छ। साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोवार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो। अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि बढदै आएको छ। चीन–अमेरिका व्यापार टकराव तथा इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ।

सुनको मूल्यमा उतारचढाव देखिएपछि खपत भने ह्वात्तै घटेको छ। दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ।