विदेश

अमेरिकाको मिजुरीमा सवारी दुर्घटनामा परि ३ नेपालीको मृत्यु

काठमाडौं, भदौ १९-मंगलबार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको छ।

स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्।

घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो।

घटना त्यहाँको स्थानिय समय अनुसार २:५५ बजे घटेको हो।

Featured