देश

हंसपुर झडपमा घाइते मण्डलको मृत्यु

जनकपुर, भदौ १९–धनुषाको हंसपुर नगरपालिकाको केन्द्र विवादमा भएको झडपका क्रममा गम्भीर घाइते भएका ५५ वर्षीय तपेश्वर मण्डलको मृत्यु भएको छ । कार्यालय सार्न गत साउन २१ गते नगर प्रमुख रामज्ञान मण्डल प्रहरीसहित पुगेपछि भएको झडपमा तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए ।

मण्डल नगर प्रमुख र प्रहरीको कुटाइबाट घाइते भएका थिए । मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मण्डलको मृत्यु भएपछि स्थानीयले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । कुटपिटमा संलग्न नगर प्रमुखसहित प्रहरीलाई कडा कारबाही हुनुपर्ने स्थानीयको माग छ ।