देश

फरेन्सिक इन्भेष्टिगेसन गर्न समितिको सुझाव

काठमाडौं, भदौं १९–एटीएम ठगी प्रकरणमा भएको कमजोरीका सम्बन्धमा गहिरो अध्ययनका लागि तत्काल फरेन्सिक इन्भेष्टिगेसन गर्न छानविन समितिले सुझाव दिएको छ । एटीएम ठगी अध्ययनका लागि गठित समितिले दीर्घकालीन र अल्पकालीन समस्याहरुको समाधान औल्याएर नेपाल राष्ट्र बैंकका गभर्नरलाई प्रतिवेदन बुझाएको हो ।

समितिले फरेन्सिक इन्भेष्टिगेसन गर्न सुझाव दिएपछि विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी नेप्सले सिंगापुर र हङकङबाट फरेन्सिक विज्ञ बोलाइसकेको छ । बिहीबारसम्ममा विज्ञ नेपाल आइसक्ने भएकाले समस्या कहाँनेर भएको र कसको कमजोरीका कारण यस्तो घटना भयो भन्ने पत्ता लगाउन केही समय लाग्ने समितिले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।