देश

रुसी बिज्ञान तथा सांस्कृतिक केन्द्रमा भब्य कन्सर्ट हुदै

काठमाडौँ, भदौ १८–काठमाडौँ स्थित रुसी बिज्ञान तथा सांस्कृतिक केन्द्रको ४० औ स्थापना दिवसका अवसरमा काठमाडौँमा बृहत सांगितिक कार्यक्रम हुने भएको छ । नेपालको चर्चित कुटुम्ब ब्याण्ड र रुसी बिज्ञान तथा सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा आगामी भदौ २७ गते शुक्रबारका दिन ‘कन्सर्ट’ हुन लागेको हो ।

काठमाडौँ कमलपोखरि स्थित रुसी बिज्ञान तथा सांस्कृतिक केन्द्रमा आयोजना हुने उक्त सांगितिक साँझमा रसियन रोम्यान्टीक र कुटुम्ब ब्याण्डका गितहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

सो ‘कन्सर्ट’ को प्रवेश शुल्क १२ सय रुपैयाँ तोकिएको छ । तर, रुस नेपाल डट कम प्रोमो मार्फत गएको खण्डमा १ हजार रुपैयाँमै कन्सर्ट हेर्न पाइने जनाइएको छ । ‘कन्सर्ट’ को टिकटका लागि कमलपोखरि स्थित रसियन सेन्टर अफ साईन्स एण्ड कल्चर सेन्टरको कार्यालयमा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।