देश

कैलालीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी, भदौ १८–कैलालीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चुरे गाउँपालिका–६ धप्रेनीमा से १ क ६९७ नम्बरको ट्रिपर दुर्घटना हुँदा सोहीठाउँका ३० वर्षीय नरेन्द्र थापाको मुत्यु भएको कैलाली प्रहरीले जनाएको छ । ट्रिपर अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।