विदेश

अमेरिकाले साइबर हमला गरेको चिनियाँ प्रविधि कम्पनीको आरोप

एजेन्सी, भदौ १८–चिनियाँ चिनियाँ प्रविधि कम्पनी हुवावेईले अमेरिकाले आफ्नो व्यापार बिगार्न साइबल हमलादेखि सबै उपाय अपनाएको आरोप लगाएको छ। हुवावेईले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो सञ्जालमा हस्तक्षेप गर्न साइबर आक्रमण गर्नुका साथै कर्मचारीहरुलाई समेत धम्क्याएको आरोप लगाएको छ ।

अमेरिका र चीनको द्वन्द्वमा चेपुवमा परेको सो कम्पनीलाई अमेरिकाले गत वर्ष कालोसूचीमा राखेको थियो। हुवावेइले साइबर हमला र कर्मचारी धम्क्याएको कुनै प्रमाण भने सार्वजनिक गरेको छैन ।

अमेरिकाले आफ्ना कर्मचारीलाई अवैधानिक रूपमा हिरासतमा राखेको, आन्तरिक सूचना प्रणालीभित्र छिर्न साइबर आक्रमण गरेको र एफबीआईका गुप्तचर कर्मचारीका घरमा पठाएर कम्पनीबारे सूचना संकलन गरेको आरोप विज्ञप्तिमा छ। ‘हुवावेईलाई हतोत्साही बनाउन र उद्योग क्षेत्रमा ह्वावेईको नेतृत्व नियन्त्रण गर्न अमेरिका सरकारको हानिकारक प्रयासको हामी निन्दा गर्छौं, हुवावेईले भनेको छ।

Featured