NRNA खबर

६ बुँदै घोषणापत्र जारी गर्दै एनआरएनएको प्रथम अन्तराष्ट्रिय नेपाली भाषा सहित्य सम्मेलन सम्पन्न

काठमाडौँ, भदौ १८–विभिन्न ६ बुँदे घोषणापत्र जारी गर्दै गैर आवासिय नेपाली संघ (एनआरएनए) को प्रथम अन्तराष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन अमेरिकाको बोस्टनमा सम्पन्न भएको छ । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, भाषा तथा साहित्य उपसमितिले आयोजना गरेको सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलनले गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, भाषा तथा साहित्य उपसमितिले प्रत्येक वर्ष भानु जयन्तीलाई अन्तराष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रुपमा मनाउने, साहित्य विधान मार्फत नोवेल पुरस्कार विजेताहरुलाई पर्यटन वर्ष २०२० का सन्दर्भमा नेपाल आमन्त्रण गरि अन्नपूर्ण र सगरमाथा वेस क्याम्पमा विश्व साहित्यीक सम्मेलन गर्ने घोषणा गरेको छ ।

त्यस्तै घोषण्ण पत्रमा सवै महादेशका स्थानिय भाषामा अनुवाद गरि नेपाली साहित्यीक कृतिहरुलाई प्रकासन गर्ने, प्रत्येक २÷२ वर्षको अन्तरमा नेपाली भाषा साहित्यको अन्ताष्ट्रिय सम्मेलन गर्ने, प्रवासमा रहेर नपाली भाषा र साहित्यमा निरन्तर योगदान गर्ने साहित्यकार उनिहरुको विधाको सुचि तयार गर्ने, डायस्पोरामा रहेर नेपाली भाषा साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहरुलाई सम्मान गर्ने उल्लेख गरिएको छ ।

सम्मेलनमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, भाषा तथा साहित्य उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले नेपाली भाषा र साहित्यको संरक्षण विना नेपाली पहिचान मेटिने बताए । उनले जहाँसुकै भए पनि आफ्नो भाषा र साहित्यको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले प्रवासमा रहेका नेपालीले नेपाली भाषा र साहित्य संरक्षणमा पुर्याएको योगदानको प्रसंसा गरे । उनले जुनसुकै देश र भुभागमा रहेपनि आफ्नो मौलिकता, कला संस्कृति, भाषा र साहित्यलाई विर्सन नहुने बताए ।

सो अबसरमा गैर आवासिय नेपाली संघकी उपाध्यक्ष सपिला राजभण्डारी, कोषाध्यक्ष हिक्मत थापा, एनआरएनए अमेरिकाज्का क्षेत्रिय संयोजक गौरिराज जोशीलगायत दर्जनौँ प्रख्यात साहित्यकार एवम बोस्टन निवासी गैर आवासिय नेपालीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा ५ महादेशका कार्यपत्र समेत प्रस्तुत गरिएको गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, भाषा तथा साहित्य उपसमितिका संयोजक गौतमले जानकारी दिए ।

 

Featured