देश

जुम्लामा बसको ठक्करले एक जनाको मुत्यु

खलङ्गा, रासस, भदौ १८–जुम्ला स्थित कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नं को बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको हो। ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताए।