देश

डडेल्धुराबाट विप्लवका नगर इञ्चार्ज पक्राउ

डडेल्धुरा, भदौ १८–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन नेपाली रहेका छन् । पक्राउ परेका नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य हुन् ।

बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । बिहान पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ ।

Featured