देश

हुरीले विस्थापित परिवाले घर पाउने

बारा, भदौ १८–२०७५ चैत्र १७ गते बारा र पर्सामा आएको हुरीले गर्दा विस्थापितले बुधवार घर पाउने भएका छन्। बारामा बनेको ८०७ र पर्सामा निर्माण गरेको ६२ वटा घर नेपाली सेनाको जनता आवास कार्यदलले हुरीपीडितलाई हस्तान्तरण गर्न लागिएको हो।आज रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले घरको स्थलगत निरीक्षण गरी साचो हस्तान्तरण गर्ने कार्यक्रम छ।बुधबार बिहान मन्त्री पोखरेल घर हस्तान्तरण गर्नको निम्ति बारा आउने नेपाली सेनाले बताएको छ। सेनाका बमोजिम, मन्त्री पोखरेलले हुरीपीडितका लागि निर्माण गरेको घरको निरीक्षण गरी साचो हस्तान्तरण वीरगन्जमा आयोजना हुने कार्यक्रममा गर्नेछन्।

बारा र पर्सामा हुरीले ठूलो क्षति पुर्यायो र त्यस पछि चैत्र २१ गते मन्त्रिपरिषद् बैठकमा हुरीपीडितका लागि सरकारले नै घर बनाइदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। उक्त निर्णय पश्चात बैशाख २१ गते शिलान्यास भएपछि बारा र पर्सामा आएका नेपाली सेनालेघर निर्माणको काम थालेका थिए। करिब तीन हजार सेना घर निर्माणका लागि बारामा खटिएका थिए र सेना १२ वटा समूह बनाएर घर निर्माणमा आबद्ध थिए।बारा र पर्सामा एकैचोटी रक्षा तथा उपप्रधानमन्त्री पोखरेल, उपप्रधानमन्त्री उपेन्द्र यादवसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रमुख र मुख्यमन्त्रीसहित १२ जनाले घरको शिलान्यास गरेर बारा र पर्सामा गरी ८८१ घर निर्माणको कार्य सेनाले थालेको थियो। तर केही घरमा विवाद देखिएपछि उनले ८६९ घरको काम सुरु गरेको थियो।

हुरीका कारण २९ जनाको ज्यान गएको थियो र एक हजार भन्दा बढी घरको क्षति भएको थियो। क्षति संकलनमा नाम छुटेकाको घर भने बन्न सकेको छैन्। यसका कारण पीडित अझै टेन्टमा बस्न बाध्य छन्। बारामा मात्रै ५५६ जनाको नाम छुटेको भन्दै विरोध समेत भएको थियो। सामान्य क्षेति भएको लाई भन्दा पूर्णरुपमा घरबिहीन बनेका पीडितलाई प्राथमिक्ता दिएर तथ्यांक संकलन गरी घर निर्माणको कामलाई दोस्रो चरणमा अघि बढाइने बताइएको छ।

घरको लागत प्रतिघर ४ लाख ८५ हजार रहेको हुरी पीडितले बताएका छन्।े प्रतिघर निर्माणका लागि सरकारले पाँच लाख ४६ हजारको दरले रकम उलपब्ध गराएको थियो। कटिन्जेन्सी र निर्माण सामाग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रुपैँया बचत गर्न सफल भएको छ। सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई वटा कोठा, एउटा भान्सा, शौचालय र बरण्डा रहेको छ। उक्त घरहरु प्राकृतिक प्रकोप प्रतिरोधी रहेको सेनाले बताएको छ।

Featured