देश

सिङ्गल इन्जिनमै सफल अवतरण

काठमाडौं, भदौ १८–सीता एयरको ड्रोनियर जहाज एउटै इन्जिनमा लुक्लाबाट काठमाडौं आइपुगेको छ. दायाँ इन्जिन उडानकै क्रममा बिग्रिएको भएपनि पाइलेटले जहाजलाई सकुशल ल्याण्ड गराएका हुन्।

क्याप्टेन भरत थापाले चलाएको सो जहाजमा यात्रुहरू नभएपनि चालक दलका सदस्य सुरक्षित रहेको बताइएको छ। जहाजमा प्राविधिक समस्या आएको भएपनि काठमाडौं विमानस्थलमा सफल अवतरण गराइएको सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यले बताएका छन्।

Featured