काठमाडौ, भदौ १८–नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले भातृ संस्थाको नेतृत्व गरेका व्यक्तिभित्र अधिवेशन गर्ने तागत नभएको बताएका छन् । परिस्थिति हुँदा समेत नेपाल विद्यार्थी संघको अधिवेशन गरेर देखाएको भन्दै उनले इच्छा चाहाना भए अधिवेशन हुने जिकिर गरे ।
केन्द्रीय सदस्य राठौरले महिला संघ र नेपाल विद्यार्थी संघको अधिवेशनको सुनिश्चितता नभएको अवस्थामा सभापति देउवाले यी भातृ संस्थाको अधिवेशन गराएको पनि स्मरण गराए । नेता राठौरले नेपाल विद्यार्थी संघको म्याद सकिना साथ नेपाल विद्यार्थी संघ आफैँ भंग हुने भन्दै त्यतातिर जोडेर सभापतिलाई गाली नगर्न पनि आव्हान गरे ।
प्रतिक्रिया दिनुहोस