मनोरंजन विदेश

सलमानको दोहोरो भूमिका रहेको कमेडी फिल्म अर्को बर्षको इदमा रिलिज हुने

काठमाडौं, एजेन्सी, भदौ १८-सलमान खानले पछिल्ला केही वर्षदेखि हरेक इदमा आफ्नो फिल्म रिलिज गर्दै आएका छन् तर अर्को वर्षको इदमा सलमानको कुन फिल्म रिलिज हुने भन्ने बिषयमा प्रशंसकबीच नै अहिले भ्रम फैलिएको छ।

हालै संजय लिला भंसालीले सलमान खानसँग मिलेर ‘इंशाल्लाह’ बनाउने भए पछि थुप्रै प्रशंसकले सलमानले अर्को वर्षको इदमा किक टु रिलिज गर्नसक्ने अनुमान गरिरहेका छन्। तर यो फिल्मका निर्माता– निर्देशक साजिद नाडियाडवालाले किक टु सन् २०२० मा रिलिज नहुने स्पष्ट पारिसकेका छन्।

ताजा रिपोर्ट अनुसार अर्को वर्ष ईदको मौकामा सलमानको एउटा कमेडी फिल्म रिलिज हुनसक्छ र यो फिल्मका निर्देशक आनन्द एल रोय हुनसक्छन्। सलमान यो फिल्ममा दोहोरो भूमिकामा देखिने पनि अनुमान गरिएको छ। स्मरण रहोस्, सलमानलाई आनन्द एल रोयले जीरो पनि अफर गरेका थिए तर उनले अस्विकार गरेपछि उक्त भूमिका शाहरुखको खातामा गएको थियो।

स्रोतका अनुसार यो एक कमेडी फिल्म हुनेछ र यो फिल्मको कहानी उत्तर प्रदेशमा आधारित हुनेछ। फिल्म जुड्वामा झैं सलमानको यो फिल्ममा दोहोरो भूमिका हुनसक्छ । जिरोको गीत इसकबाजीमा शाहरुख र सलमानले सँगै काम गरेका थिए। जब आनन्दलाई सलमानले इंशाल्लाहमा काम गरिरहेका छैनन् भन्ने थाहा भयो तब उनले सलमानलाई आफ्नो उक्त फिल्मको स्क्रिप्ट पठाएका थिए।

यद्यपि, सलमानले यो फिल्मबारे कुनै आधिकारिक बयान दिएका छैनन्।

Featured