काठमाडौं, भदौ १८–सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिमाना हुने भएको छ । बसमा असभ्य तथा अमर्या्दित भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिमाना हुने भएको छ । नक्कली परिचयपत्र देखाएर सुविधा प्रयोग गर्न खोजेमा पनि अब कारबाही हुने भएको छ ।
संसद्मा छलफलका क्रममा रहेको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । सरकारले सार्वजनिक यातायातभित्र सहचालक, चालक तथा यात्रुसँग अमर्या्दित भाषाको प्रयोग गरे १ देखि ५ हजारसम्म जरिमानाको व्यवस्था छ ।
सार्वजनिक बसमा यात्रुसँग अमर्या्दित भाषा प्रयोग गरेमा पनि चालक तथा सहचालकलाई पनि ५ हजारसम्म जरिमाना हुने भएको छ । सार्वजनिक यातायातभित्र ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका तथा यात्रुसँग अमर्या्दित व्यवहार गरेमा १ देखि ५ हजारसम्म जरिमानाको व्यवस्था छ ।
नक्कली कार्ड देखाएमा पनि ५ हजारसम्म जरिमाना हुने भएको छ । विधेयकको दफा १५ को (क) मा नपाउने सुविधा लिन प्रयत्न गरे कारबाही हुने व्यवस्था राखिएको हो । सार्वजनिक यातायातमा तोकेको भाडा नतिरी यात्रा गरे वा भाडा तिर्न अस्वीकार गरेमा पनि कारबाही हुने व्यवस्था छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।
प्रतिक्रिया दिनुहोस